पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु



काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ ।

दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट पर्सि मङ्गलवार रातभर दीप प्रज्वलन गरी बुधकारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।

हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ ।

मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्