मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान बा.प्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल खस्दा मोटसाइकल चालक हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौंडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्