प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन् ।
प्रधानमन्त्री कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अगुवाहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।
जेनजी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तर्क्रिया हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी थिइन् ।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार
















