धरौटीबापत १० हजार तिर्न नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु



मोरङ । जिल्ला कारागार मोरङमा एक जना थुनुवाको मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लिम्बूलाई अभद्र व्यवहार मुद्दामा गत साउन १४ गते कारागार चलान भएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग धरौटीबापत १० हजार रुपैयाँ मागेको थियो । तर उक्त रकम बुझाउन नसकेपछि कारागार चलान भएका थिए ।

मंगलबार राति ८ बजेतिर कारागारमा लिम्बूलाई अचानक श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि कारागार प्रशासनले लिम्बूलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेको थियो ।

उपचारका क्रममा बुधवार बिहान उनको मृत्यु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्