हुम्लामा भालुको आक्रमण, ३ जना घाइते
हुम्ला । सिमकोट गाउँपालिका-५ सिममा खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, ५५ वर्षीया बाचु रावत तथा रजनी रावत रहेका छन् । बाचु र लक्ष्य पति-पत्नी हुन् ।
प्रहरीका अनुसार लक्ष्य रावतको टाउकोमा, बाचु रावतको दाहिने हात र गालामा तथा रजनी रावतको छातीमा चोट लागेको छ ।
आक्रमणपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घाइते सबैको अवस्था स्थिर रहेको बताइएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार
















