भोजपुरका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने


 


भोजपुर, चैत्र२७

भोजपुरका सबै सामुदायिक विद्यालयमा चैत्र अन्तिम सम्म पाठ्यपुस्तक पुग्ने भएको छ । पाठ्यपुस्तक वितरणको लागि जिल्लामा तोकिएका पुस्तक विक्रेताहरुले पुस्तक ल्याई सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला भरका ३ सय ८६ सामुदायिक विद्यालयको खातामा जिल्ला शिक्षा कार्यालयले पुस्तक खरिदको लागि १ करोड ३ लाख ८८ हजार ८ सय ९२ रुपैया रकम निकासा गरेको थियो ।

शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा विद्यार्थीलाई पुस्तकको कारण समस्या नहोस भनेर समयमै पुस्तक विद्यालयमा लाने तयारी रहेको शिक्षा कार्यालयले जनाएको छ ।

भोजपुरका कक्षा १ देखि १० सम्मका ४१ हजार ३ सय ९४ जना विद्यार्थीलाई पुस्तक वितरण गरिने छ ।

जिल्ला पाठ्यक्रम समन्वय समिति र पाठ्यपुस्तक अनुगमन समितिको वैठकले सवै विद्यालयमा जसरी पनि पुस्तक पुु¥याउन निर्देशन दिएको जिल्ला शिक्षा कार्यालय भोजपुरका साखा अधिकृत रेवती प्रसाद पराजुलीले जानकारी दिनु भयो ।

माग भए अनुसारका पुस्तकहरु धमाधम विद्यालयहरुमा पठाई रहेको पाण्डे पुस्तक पसलका सञ्चालक मोहन पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्