आईएमई लाइफमा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम
कठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ ।
उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विद्यमान ऐन, नियम सो संग सम्बन्धीत रही नियमनकारी निकायबाट जारी भएका निर्देशनमा रहेका कानूनी व्यवस्थाका बारेमा तालिम दिइएको हो । सो क्रममा केही समयअघि मात्र नियमनकारी निकायबाट जारी भएको नयाँ सम्पत्ति शुद्धीकरण, आतकंकारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाका बारेमा समेत जानकारि दिईएको थियो ।
तालिम कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा। रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापन, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुको समान योगदान तथा जीम्मेवारी रहने भएको विषयमा जोड दिनुभयो । साथै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको आन्तरीक नियन्त्रण तथा सुशासन सवल बनाउन र ग्राहक तथा लगानीकर्ताको विश्वास बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
तालिम कार्यक्रमको अन्त्यमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीका व्यवस्थापक, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार
















