भिरमा खसेकी किशोरीको नेपाल प्रहरीद्वारा उद्धार



मकवानपुर। नेपाल प्रहरीले मकवानपुरको भीमफेदी-५ ढुसिनीपुलबाट तल खसेकी किशोरीको उद्धार गरेको छ ।

सोमबार राति ८ बजे भीमफेदी, छबेलीकी १४ वर्षीया रंजना स्याङ्तानलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी बजार जान्छु भनेर निस्केको र अचानक खहरे खोलाको भीरबाट ५० मिटर तल खसेर अड्किएको खबरपछि उद्धार गरिएको थियो ।

बीच खोल्सामा अड्किएर बसेको पाइएपछि प्रहरीले उनको उद्धार गरेर हेटौँडामा उपचारका लागि ल्याइएको छ ।

अहिले उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्