जसपा बागमती अध्यक्ष एमालेमा प्रवेश
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले) मा प्रवेश गरका छन् ।
बुधबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उनलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।
गोलेले अशोक राई नेतृत्वको जसपा पनि ’टुक्रा टुक्रामा विभाजित’ भएको कारणले पार्टी परित्याग गरेर एमालेमा आएको बताए ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












