पूर्वप्रधान्यायाधीश श्रेष्ठले गरे पशुपतिमा बिशेष पूजा



काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका छन्।

बिहीबार परिवारसहित पुगेर उनले बिशेष पूजा गरेका हुन्।

‘व्यक्तिगत केही होइन, उहाँले देशका लागि पूजा गर्नुभएको हो,’ उनी निकट एक व्यक्तिले भने,‘अहिले देशमा शान्ति सुरक्षा र सुशासन राम्रो होस् भनेर पूजा गर्नुभएको हो।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अवकाशपछि पनि सामाजिक न्याय तथा सुशासनका पक्षमा नागरिक समाजका रुपमा सक्रिय रहँदै आएका छन्।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्