मोरङ कारागारमा कैदीको मृत्यु



विराटनगर । मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका ६६ वर्षीय हर्कजंग लिम्बुको मृत्यु भएको छ।

कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ घर भएका लिम्बु २०८० साउन २८ गतेदेखि कैदमा थिए ।

मोरङ कारागारका जेलर गौरव ढुँगेलका अनुसार लिम्बुलाई गत असोज ७ गते शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएको थियो । लगत्तै स्वास्थ्यमा समस्या आएपछि उनलाई प्रहरी टोलीको निगरानीमा कोशी अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उपचारको क्रममा लिम्बुको आज बिहान ४ः२० बजे मृत्यु भएको हो । शव हाल पोष्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्