आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा छुट




काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट हुने भएको छ ।

अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० प्रतिशत बेड चार्जमा २० प्रतिशत अपरेसन, भिडियो एक्स–रे र औषधिमा १० प्रतिशत छुट हुने भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त अस्पताल हो ।
बिरामी–केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले विभिन्न विषेज्ञ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्