एनपीएलः टस जितेर चितवन ब्याटिङमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ। पराजित भएमा जनकपुर बाहिरिनेछ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ।
आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।
प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार
















