बाजुराको मार्तडी बजारमा आगलागी



बाजुरा । बाजुराको मार्तडी बजारमा आगलागी भएको छ।

सदरमुकाम रहेको मार्तडी बजारको एक पसलबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो सवा १२ बजेतिर आगलागी सुरु भएको थियो।

आगलागीको कारण नखुलेको र दमकल नहुँदा आगो निभाउन समस्या भएको छ।

प्रहरी र बजारवासीले स्थानीयस्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्