एनपीएल: काठमाडौंविरुद्ध पहिला बलिङ गर्दै पोखरा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा काठमाण्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ।

काठमाण्डुले ६ खेलबाट आठ अङ्क जोडेको छ।

आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्