मोटरमोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु



विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्का रहेका छन् ।

प्रहरीका अनुसार बुधबार राति विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२-०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।

उपचारकै क्रममा आज बिहान खड्काको मृत्यु भएको हो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्