हामीसंग देश परिवर्तन गर्ने उपाय छ, भाषण ठोकेर आफूलाई नेता सम्झदैनौँ: हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरू नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने
बताएका छन्।

सोमवार पार्टीले काठमाडौंको सिँफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा गोलबद्ध हुनसमेत सबै युवाहरूलाई आग्रह गरे।

साम्पाङले भने- ‘हामी यो देशलाई कसरी परिवर्तन गर्नसक्छौँ भन्ने जरादेखिको उपाय छ। हामी त्यतिकै हावमा ३ घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौँ।’

उनले आफूहरु जनताको बस्ती बस्तीमा गएको र जनताको समस्या बुझेको समेत उल्लेख गरे।

आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्