७७ जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्दै कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरुको भर्चुअल बैठक बोलाएका छन् ।

कार्यवाहक सभापति खड्काले बुधबार बिहानको लागि बैठक बोलाएका हुन् ।

उक्त बैठकमा कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समेत उपस्थित रहनेछन् ।

आगामी १५आँै महाधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।

भोलिको भर्चुअल बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे भइरहेका कामकाज, राष्ट्रिय सभा र प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिसलगायत विभिन्न विषयमा कार्यवाहक सभापति र दुवै महामन्त्रीहरूले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेका हुन् ।

काँग्रेसले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कार्यतालिका ल्याएको छ। पुस १६ गतेदेखि वडा अधिवेशन हुँदै छ। त्यसअघि नै क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने छ।

त्यसैले छोटो समयमा महाधिवेशन गर्न लागेको कांग्रेसले कामको तिव्रता दिन भर्चुअल संवाद गर्न लागेको हो ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्