विष्णु पौडेल भन्छन् – पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ
काठमाडौं । नेकपा एमाले नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जलामार्फत उनले यति बेला एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको बताएका हुन् ।
‘हामी यती बेला हाम्रो पार्टी नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ,’ उनले भने, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरू लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।’
साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार
















