मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै



काठमाडौँ, पुस ६ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ ।

प्रदेशको सभामुखका लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्