आजको मौसम : यी तीन प्रदेशमा पश्चिमी वायुको प्रभाव



काठमाडौं, पुस ६ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ चजे अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्