रौतहटमा ट्र्याक्टर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
रौतहट, पुस ६ । रौतहटमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका–१० अन्तर्गत चपुर–गौर सडक खण्डको बालचनपुरमा गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गडिमाई नगरपालिका–४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साहको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
घटनामा संलग्न दुईवटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












