सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने मिराज ढुंगाना समूहको घोषणा



काठमाडौं । गरिखान देउ अभियानका संयोजक एवम जेनजी प्रतिनिधि मिराज ढुंगानाले सोमबारबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् ।

ढुंगानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बोक्न असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताएका छन् ।

उनले शान्तिपूर्ण विरोधका लागी सोमबार ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।

सरकारले सुशासन र रोजगारी सिर्जनामा ध्यान दिनुको सट्टा अनैतिक नियुक्तिहरूमा अल्झिएर जेनजीको आवश्यकता सम्बोधन गर्न नसकेको भन्दै कार्की नेतृत्वको सरकारप्रति ढुंगाना पटक-पटक असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्