तराईमा हुस्सु र कुहिरोको प्रभाव



काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेपनि वर्षाको सम्भावना भने छैन ।

यस्तै देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु÷कुहिरोको प्रभाव छ । जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्