किशोरी बलात्कार आरोपमा एक युवा पक्राउ
धनकुटा, पुस ७ । धनकुटामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–८ सान्ताङका २९ वर्षीय मानबहादुर राई पक्राउ परेका छन् ।
बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएका छ ।
पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












