श्रीमती हत्याको आरोपमा रोल्पामा एक पुरुष पक्राउ



रोल्पा, पुस ५ । रोल्पामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईलाई ५२ वर्षीया श्रीमती रीमा परियारको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार शनिबार दिउँसो अमराजले श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट रीमा गम्भीर घाइते भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै अमराजलाई पक्राउ गरेको हो ।

कुटपिटबाट सख्त घाइते भएकी रीमालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्याइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्