विमानस्थलबाट गाँजा तस्करी, दुई भारतीय नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई गाँजासहित नियन्त्रणमा लिइएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई चेकजाँच गरेपछि उनको लगेजमा गाँजा फेला परेको थियो ।

सोही लागुऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्