विपद् व्यवस्थापन पूर्वकार्यलाई अझ मजबुत गर्न सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।

नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ।

मन्त्री अर्यालले भने- ‘विपद्को पूर्व तयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्ने बताउनु हुँदै विपद् पूर्व तयारी, पूर्व सूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।’

उनकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ।

पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गरे।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्