टोखामा एक महिला मृत फेला



काठमाडौँ, पुस ८ । काठमाडौँको टोखामा एक महिला मृत फेला परेकी छन् ।

टोखा नगरपालिका–३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा करिब ३० वर्षीया महिला सोमबार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्