राजनीतिक संवाद समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन



काठमाडौं। उच्च स्तरीय राजनीतिक संवाद समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ।

सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नेताहरूले अध्यक्ष सिके राउतसंग भेटघाट समेत गरेका छन्। भेटमा राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताए ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दलहरूसँग वार्ता समिति गठन गरेको थियो ।

आजै रास्वपाको कार्यालयमा पुगेर अनुगमन तथा संवाद गर्ने तय भएको छ ।

यसअघि मंगलबार समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा नेताहरूसँग वार्ता गरिसकेको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्