नयाँ वर्ष २०७४ आजबाट प्रारम्भ



काठमाडौं, वैशाख १
नयाँ वर्ष २०७४ आज (शुक्रबार )बाट सुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७३ लाई बिदा गरी वर्ष २०७४ को शुभारम्भ भएको हो । यो वर्ष देशको संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकमा संविधान कार्यान्वयन हुने अपेक्षा आम रुपमा गरिएको छ ।

नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News