अत्यधिक चिसो बढेपछि सुनसरी र दाङका विद्यालयमा बिदा
काठमाडौं । हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सुनसरी र दाङका विद्यालयमा बिदा दिइएको छ ।
सुनसरीका सबै पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि पर्सि शुक्रवारसम्म बिदा दिएका हुन् ।
इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द गर्ने निर्णय गरिएको हो ।
यस्तै दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार
















