स्विट्जरल्यान्डको एक चर्चित बारमा आगलागी हुँदा ४० जनाको मृत्यु
एजेन्सी । स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको मृत्यु भएको छ ।
आगलागीमा एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् ।
डाक्टरहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् ।
पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












