राष्ट्रपतिद्वारा कार्की परिवारलार्इ समवेदना प्रकट



काठमाडौँ, वैशाख २

राष्ट्रपति विद्यादेवी भण्डारीले पितृशोकमा रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ कार्की परिवारको निजी निवास भैँसेपाटीमा पुगेर समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

नेता कार्कीका बुबा कृष्णमोहन कार्कीको बिहीबार ८६ वर्षको उमेरमा निधन भएको थियो । नेता कार्की राष्ट्रपति भण्डारीको नजिकको नाता पर्नुहुन्छ ।

कांग्रेस नेता कार्की भण्डारीका फुपूदिदीका छोरा (भानिज दाई) हुनुहुन्छ । राष्ट्रदेवी भण्डारी शनीबार भैंसीपाटीस्थित निवासमै गएर भिनाजु कृष्णमोहन निधनले आफूलाई स्तब्ध पारेको बताउँदै धैर्यधारणाका लागि इश्वरसँग प्रार्थना गर्न आग्रह गर्नु भएकाे थियाे । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News