नेप्से १० अंकले बढ्यो, सात अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ९.९३ अंकले बढेको छ ।
योसँगै बजार सूचक २६४९.३० विन्दुमा उक्लिएको छ । सोमबार बजार झन्डै २९ अंकले बढेको थियो ।
यस दिन बजारसँगै १४८ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि बढेको छ । सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँबराबरको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच भयो । सोमबार ६ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
जीवन विकास लघुवित्त, थ्री स्टार हाइड्रो, हिमालयन ८०-२० डिबेन्चर, आईसीएफसी फाइनान्स डिबेन्चर, सिटिजन्स म्युअल फन्ड उच्च कमाउने शीर्ष कम्पनी रहे ।
रुरु जलविद्युत् आयोजना, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी, बन्दीपुर केवलकार, श्रीनग एग्रिटेकलगायत कम्पनी उच्च गुमाउनेमा शीर्षमा रहे।
नेप्सेमा आज १३ समूहका कारोबार भएकामा होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहक्रमशः ०.२३ र ०.५१ प्रतिशत घटे भने बाँकी ११ समूहको सेयरमूल्य बढे।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार
















