१३ अंकले घट्यो नेप्से, सवा पाँच अर्बको कारोबार
काठमाडौं। आज सेयरबजार १३.३५ अंकले घटेको छ।
अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशतले घटेको नेप्से २‚६३५.९४ विन्दुमा रोकिएको हो। मंगलबार नेप्से ९.९३ विन्दुले बढेको थियो।
सेयर बजारमा बुधबार ३२३ कम्पनीको ७२ हजार ४७४ पटकको कारोबारमा एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आइतबार पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएकामा सोमबार भने ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार भने सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज १३ समूहका कारोबार भएकामा फाइनान्स र व्यापार समूहको मात्र सूचक बढे भने बाँकी सबै ११ समूह घटे।
जसअनुसार वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत‚ विकास बैंक ०.८४ प्रतिशतले घटे। यस्तै फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढ्यो। यसैगरी आज होटेल तथा पर्यटन समूह १.४२‚ जलविद्युत् ०.७९, लगानी ०.५४‚ जीवन बिमा ०.०७‚ उत्पादन तथा प्रशोधन समूह भने १.१६ प्रतिशतले घट्यो।
यसैगरी लघुवित्त ०.४०‚ म्युचुअल फन्ड ०.२९‚ निर्जीवन बिमा ०.६० र अन्य समूह ०.५३ प्रतिशतले घटे। व्यापार समूह भने ०.०० प्रतिशतले घट्यो। नेप्सेमा बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १८७ वटाको घट्यो। १० कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
नेप्सेमा बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी ६.०८ प्रतिशतले उकालो लाग्यो। नारायणी डेभपलपमेन्टको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १‚३९५ रुपैयाँ कायम रह्यो। यसैगरी सबैभन्दा धेरै एसवाई प्यानल नेपालका लगानीकर्ताले ८.४४ प्रतिशतले रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सेयरमूल्य गुमाए। एसवाई प्यानलको अन्तिम कारोबार मूल्य प्रतिसेयर १‚१९० रुपैयाँ कायम रह्यो।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार
















