बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट



नेपालगन्ज । बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य सूचकहरूको आधारमा प्राप्त अंक अनुसार डुडुवा सर्वोत्कृष्ट भएको हो । 

७९दशमलव ३६ अङ्कका साथ प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका मन्त्री खेम सारु मगर, सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सम्मान गर्नुभएको थियो ।

नेपालगन्जमा आज स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रथम चौमासिक अवधिको समीक्षा तथा कार्ययोजना गोष्ठी मा उत्कृष्ट पालिकाहरूलाई सम्मान गरिएको हो । 

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको आधारमा ७५ दशमलब २१ अङ्कका साथ जानकी गाउँपालिका दोस्रो र ७५ दशमलब २१ अङ्कका साथ खजुरा गाउँपालिका ७१ दशमलब ९७ अंक पाएर तेस्रो भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका आठ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए । 

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्