डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा



काठमाडौं, वैशाख ५
सरकारले प्रहरी महानिरीक्षक आइजीपी मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो ।

फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो एनसीबी को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसीबीको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए ।

सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेडक्वाटरमै हाजिर गरिरहेका थिए । आइजीपी नियुक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि चन्दसहित नवराज सिलवालको मात्र सरुवा भएन । अन्य डीआइजीलाई विभिन्न विभागमा निमित्तको जिम्मेवारी दिइएको छ ।सिलवालले भने केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी मै प्रमुख भएर काम गरिरहेका छन् ।

यो खबर हामिले आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएका हौँ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News