दिल्ली फर्किनु अघि पशुपतिनाथको दर्शन गर्न पुगे भारतीय अभिनेता सञ्जय दत्त
काठमाडौं । बलिउड स्टार सञ्जय दत्त पशुपतिनाथको दर्शन गर्न पुगेका छन् । कडा सुरक्षाबीच दत्त दर्शनको लागि पशुपतिनाथको मन्दिरमा पुगेका उनले विशेष पूजा गरेका छन् ।
निजी जेट लिएर अभिनेता दत्त विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका थिए । पशुपतिनाथको दर्शनपछि उनी आजै नयाँ दिल्ली फर्किने तयारीमा छन् ।
सञ्जयले ठमेलस्थित होटल बाराहीले संचालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् ।
उनी विहिबार राती लाजिम्पाटको दुसित प्रिन्सेस होटलमा बसेका थिए । हिजै खुमलटार पुगेर नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएको र चाँडै आउने वचन दिएका उनी यसपटक भेट्न खुमलटार पुगेका हुन् ।
सञ्जयले विहिबार बादशाह क्यासिनो उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार
















