आज दिउँसो पानी पर्ने


 


काठमाडौं, वैशाख ८
काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको बताईएको छ ।

दिउँसोपछि पश्चिमी भेगमा पनि पानी पर्ने मौसमविद विभुति पोखरेलले बताए । पश्चिमी भेगमा आज हावाहुरी चल्ने सम्भावना पनि छ । पछिल्लो जानकारी अनुसार जिरीमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ४७ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्