नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा भएको कार्यक्रममा ८३ जनालाई सम्मन गरिएको हो ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट हुनुभएका ८३ जना अभिकर्तालाई भव्य समारोहका बिच सम्मान गरिएको हो ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गर्नु भएको थियो ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुती, उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान सहित कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार
















