प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले उत्कृष्ट कार्यले सम्मानको लागि मार्ग तयार हुने बताउँदै मेहनतलाई उच्च सम्मान प्रकट गर्ने बताउनुभयो । उहाँले एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो ।
नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरूले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायीक विक्री कलाको क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।
चर्चित कलाकारसन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार
















