आईएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा एजेन्सीहरूलाई तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले राष्ट्रिय शुद्धीकरण निवारण दिवसको अवसरमा
आफ्ना एजेन्सीहरूलाई तालिम प्रदान गरेको छ ।
कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम बिनाशकारी हतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको हो ।
तालिममा जीवन बीमामा प्रयोग हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम् रोकथाम र सम्बन्धित शुद्धीकरण निवारण सम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवम् निर्देशहरू लागु गर्न सम्बन्धित जानकारी दिइएको थियो ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालना गर्ने कम्पनीको सुशासन सबल बनाउन र ग्राहकको विश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले उपस्थित सम्पूर्ण अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम बिनाशकारी हतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरूलाई पूर्णरूपमा पालना गर्न कटिबद्ध भई लागू गर्न निर्देशन दिनुभयो ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार
















