कक्षा १२ को परीक्षा आज शुरु


 


काठमाण्डौ,वैशाख १०

कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ । पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा भयो । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो ।

परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी छन् । सरकारले कक्षा दशको अन्तिम परीक्षालाई यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसइइ नामाकरण गरेको थियो ।

यस्तै कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षालाई एसएलसीइ नामाकरण गरिएको छ । परीक्षा २२ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्