टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु
काठमाडौं । झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।
दमकबाट रामचोकतर्फ जाँदै गरेको मे.१ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई दमक–१ बरगाछीमा ठक्कर दिएको हो ।
बुधबार साँझ भएको दुर्घटनामा इलामको चुलाचुली गाउँपालिका –४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनापछि टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका ९ राटमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार












