२७ अंकले बढेको नेप्सेमा साढे ११ अर्बको कारोबार



काठमाडौं। बिहीबार नेप्से २७.१९ अंकले बढेको छ।

आज तीन कम्पनीका सेयरमूल्यमा ‘पोजेटिभ सर्किट’ लागेर कारोबार रकम साढे ११ अर्ब नाघेको हो।

अघिल्लो कारोबार दिनको तुलनामा आज १.०१ प्रतिशतले बढेको नेप्से २‚७०८.७० विन्दुमा अडिएको छ।

बुधबार भने १.६४ अंकले घटेर सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँको कारोबार भएको थियो।

बिहीबार २०१ कम्पनीको मूल्य बढ्दा ५५ कम्पनीको घट्यो। चार कम्पनीका सेयरमूल्य भने स्थिर रहे। दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार तीनवटा कम्पनीका सेयरलगानीकर्ताले १० प्रतिशतले कमाए। पोजेटिभ सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड‚ मोदी इनर्जी लिमिटेड छन्।

यस्तै बिहीबार सबैभन्दा सुपर मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५४.९८ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ४.९४ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेड रह्यो। बिहीबार यसको ५८ करोड ७७ लाख ६३ हजार ८६२ रुपैयाँको कारोबार भएको छ। युनियन हाइड्रोपावरको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्