बैतडीमा जन्ति बाेकेकाे बस दुर्घटना, कम्तिमा ८ जनाकाे मृत्यु
काठमाडौँ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले ८ जनाको मृत्यु भएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक बडूले जानकारी दिए ।
पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको बडूले बताए । विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार












