पूर्वगृहसचिव सुवेदीको मोटरसाइकलको ठक्करबाट निधन



काठमाडौँ, वैशाख ११

पूर्वगृहसचिव पद्मराज सुवेदीको ८० वर्षका उमेरमा अनामनगरमा जेब्रा क्रसिङ गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट आइतबार निधन भएको छ ।

सुवेदीको प्रातःकालीन भ्रमणका क्रममा बाटो काट्न खोज्दा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको उहाँका भतिजा विमल सुवेदीले जानकारी दिनुभयो ।

मोटरसाइकलले ठक्कर दिएपछि सुवेदीलाई नर्भिक अस्पताल र अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिएकामा टाउकामा गम्भीर चोट लागेका हुनाले उमेरका कारण तत्काल शल्यक्रिया हुन नसकी मृत्यु भएको थियो ।

भोजपुर दलगाउँ–१ स्थायी घर भई हाल अनामगर निवासी सुवेदीको समाजसेवामा निकै रुचि थियो । उहाँ अनामनगर विकास समाजको संरक्षकसमेत हुनुहुन्थ्यो ।

सुवेदीको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News