आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली
काठमाडौँ, माघ २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, गण्डकीसहित हिमाली र उच्च पहाडी भूभागमा आंशिक बदली देखिएको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति तराईका थोरै स्थानमा हुस्सु रहने र बाँकी अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












