वरिष्ठ कलाकार सुनिल थापाको निधन



काठमाडौँ, माघ २४ । नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन भएको छ ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएका उनको सोही अस्पतालमा निधन भएको हो ।

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्रमा सक्रिय थिए । उनी शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्